एजेन्सी । ब्राजिलियन क्लब ग्रेमेरोले भेट्रान स्ट्राइकर लुइस सुआरेजलाई अनुबन्धित गरेको छ । क्लबले शनिबार लुइस सुआरेजलाई अनुबन्ध गरिएको जनाएको छ ।
क्लबविहिन रहेका सुआरेजले ग्रेमेरोसंग दुई वर्षको सम्झौता गरेका छन् ।
ब्राजिलियन क्लबमा अनुबन्ध हुन ३५ वर्षे फरवार्डले साउदि अरेबियन र एमएलएसका क्लबहरुको प्रस्ताव अस्विकार गरेका थिए ।
उनले ग्रेमेरोमा आफ्ना पुर्व सहकर्मी लुकास लिएभासंग जोड्ने छन् । यी दुई खेलाडिले लिभरपुलमा संगै खेलेका थिए ।
यसअघि, सुआरेजले उरुग्वेका क्लब नेसिओनालबाट खेलेका थिए । छोटो अवधिमा उनले १४ खेलमा ८ गोल गरे ।
त्यसअघि, एट्लेटिको मड्रिड, बार्सिलोना, लिभरपुल र आयाक्स जस्ता क्लबबाट पनि उनले फुटबल खेलिसकेका छन् ।
उनले ग्रेमेरोबाट ९ नम्बरको जर्सी लगाउने भएको छ ।