सुआरेजले ला लिगामा बनाए यस्तो रेकर्ड

Atletico Madrid's Uruguayan forward Luis Suarez gestures during the Spanish league football match Club Atletico de Madrid against Granada FC at at the Wanda Metropolitano stadium in Madrid on September 27, 2020. (Photo by GABRIEL BOUYS / AFP) (Photo by GABRIEL BOUYS/AFP via Getty Images)

ला लिगामा एट्लेटिको म्याड्रिडले स्पेनिस सेल्टा भिगो बिरुद्ध २-०को जित निकालेको थियो र सो खेलमा पुर्व बार्सा स्टार सुआरेजले गोल गर्दै आफ्नो ला लिगा गोल संख्या १५० बनाएका छन् र यो शताब्दीमा ला लिगामा छिटो १५० गोल गर्ने उनि दोस्रो खेलाडी बनेका छन्।

उनले ला लिगामा १९५ खेलबाट १५० गोल गरेका छन्, उनले आफ्नो पुर्व टिम मेट मेस्सी भन्दा छिटो १५० गोल पुरा गरे भने सुआरेज भन्दा माथि पुर्व रियल स्टार रोनाल्डो रहेका छन्- उनले मात्र १४० खेलमै १५० गोल गरेका थिए।

सुआरेजले बार्साबाट १४७ ला लिग गोल गरेका छन् भने आफ्नो नया क्लब एट्लेटिको संग ३ गोल गरेका छन्।

शनिबार राति भएको खेलको छैटौ मिनेटमा नै सुआरेजको गोलबाट एट्लेटिकोले खेलमा अग्रता लिएको थियो । कप्तान कोकीबाट डिएगो कोस्टा हुदै म्यानुयल सान्चेजको पासमा सुआरेजले गोल गर्न सफल भएका थिए ।

२४औं मिनेटमा सेल्टा बराबरीबाट चुक्यो । ओलाजाको फ्रिकिकमा सान्टी मिनाको प्रहारलाई एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले बचाए । लगत्तै सर्जियो क्यारेइराको प्रहार पोस्टमा लागेर फर्कियो । ४७औं मिनेटमा सुआरेज चुक्दा एट्लेटिकोले अग्रता दोब्बर पार्नबाट चुक्यो ।

त्यसपछि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल निस्कन सकेन । तर इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा यान्निका कारास्कोले गोल गर्दै एट्लेटिकोलाई २–० को जित दिलाए । जितसँगै एट्लेटिकोको ४ खेलबाट ८ अंक पुगेको छ । पराजित सेल्टाको ५ अंक छ ।