सिरी ‘ए’ २०१९/२० सिजनको खेल तालिका सार्वजनिक, युभेन्ट्सको पहिलो खेल को संग? पुरा जानकारी

सिजन २०१९/२० इटालियन लिग सिरी ‘ए’ को खेल तालिका सार्वजनिक भएको छ।

नयाँ सिजन खेल अगस्ट २५ बाट सुरु हुने भएको छ। सिजनको उद्घाटन खेलमा क्याग्लीअरी र ब्रेसियाबीच हुनेछ ।

साबिक लिग विजेता युभेन्टसको पहिलो खेल अगस्ट २५ पार्मासँग हुनेछ। नापोलीले सिजनको पहिलो खेल फियोरेन्टिनासँग खेल्दा रोमाले जेनोआसँग खेल्ने भएको छ।

एसी मिलानले अडिनेससँग तथा इन्टर मिलानले सोही दिन लेकीसँग खेल्नेछ।

२०१९/२० सिजनको पहिलो खेल अगस्ट २५ मा सुरु हुदै अन्तिम खेल सन् २०२० को मे २५ मा अन्तय हुनेछ।