सिरी ए मा आज रोमान्चक खेलहरु हुँदै, नेपाली समयमा हेर्नुहोस

इटालीयन लिग सिरी ए अन्तर्गत आज सनिबार जम्मा ३ खेल हुनेछ ।

पहिलो खेल एटालान्टा र युभेन्ट्स बिच हुनेछ । पाचौं स्थानमा रहेको एटालान्टाले शीर्ष स्थानमा रहेको युभेन्ट्सलाइ आफ्नो घरेलु मैदानमा स्वागत गर्ने छ । यो खेल राति ७:४५ मा सुरु हुनेछ ।

त्यसै गरि एसी मिलान र नापोलीको रोमाञ्चक भिडन्त हुने छ । स्यान सिरोमा हुने यो खेल राती १०:४५ मा सुरु हुनेछ ।

अन्तिम खेल टोरिनो र इन्टर मिलान बिच हुनेछ । १२ औं स्थानमा रहेको टोरिनोले दोस्रो स्थानमा रहेको इन्टर मिलानबिरुद्ध आफ्नो घरेलु मैदानमा खेल्ने छ । खेल राती १:३० मा सुरु हुनेछ ।