सिरी ‘ए’ मा आज रोनाल्डोको युभेन्ट्सले एट्लान्टा संग खेल्दै, हेर्नुहोस नेपाली समयमा

सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले आज एट्लान्टासंग प्रतिस्पर्धा गर्दैछ । क्रिष्टियानो रोनाल्डो रहेको युभेन्ट्सले एट्लान्टासंग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । घरेलु टोली एट्लान्टा र युभेन्ट्सबीचको खेल नेपाली समय अनुसार ७:४५ मा सुरु हुनेछ ।

बक्सिङ डे को दिन एट्लान्टाविरुद्ध मैदान उत्रदा युभेन्टस आफ्नो शीर्ष स्थानको अग्रतालाई कायम राख्ने योजनामा हुनेछ । अपराजित रहेको युभेन्ट्सको लक्ष्यमा क्रिस्टियानो रोनाल्डो जस्ता फरवार्डको साथ हुनेछ । पछिल्लो खेलमा गोल गर्न नसकिरहेको रोनाल्डो पनि आफ्नो लयलाई फर्काउने योजनामा छ ।

युभेन्ट्स स्थानको नापोलीभन्दा ८ अंकले अघि छ । युभेन्ट्सको ४९ अंक छ । नापोलीको ४१ अंक छ । नापोलीले बुधबार राति नै तेस्रो स्थानको इन्टर मिलानसंग प्रतिस्पर्धा गर्दैछ । इन्टरको ३३ अंक छ ।