सिरी ए पूर्ण सुरु गर्ने तयारी

Juventus' Portuguese forward Cristiano Ronaldo looks on prior to the Italian Serie A football match lazio Rome vs Juventus Turin on December 7, 2019 at the Olympic stadium in Rome. (Photo by Filippo MONTEFORTE / AFP)

कोरोनाका कारण स्थगन गरिएको सिरी ए लिग जुन १३ बाट निरन्तर गर्ने तयारी अघि बढाइएको छ । यसका लागि इटाली सरकारले स्वीकृति दिन भने बाँकी छ ।

भिडियो कन्फेरेन्समार्फत लिगको बुधबार बसेको बैठकले जुन १३ को नयाँ मिति तय गरेको हो । लिगका सबै क्लबले सरकारले तोकेका नियम पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

इटालीमा मे पहिलो सातादेखि खेलाडी व्यक्तिगत प्रशिक्षणमा उत्रिसकेका छन् । कोरोना भाइरस संक्रमणको महामारीका कारण लिग मार्च ९ बाट रोकिएको थियो । लिगमा १२ चरण र चार खेल अझै खेल्न बाँकी छ ।

युभेन्ट्स लिग तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको लाजियोको एक अंक कम छ । टिमले सोमबारबाट प्रशिक्षक सुरु गर्नेछन् ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ