इटालीको सिरी ए का सात खेलाडी कोरोना भाइरस संक्रमित पाइएको छ । यसमा साम्पडोरियाका चार र फियोरेन्टिनाका तीन खेलाडी रहेका छन् । साम्पडोरियाका संक्रमितमध्ये एक खेलाडी यसअघि निको भइसकेका थिए ।
साम्पडोरियाले भनेको छ, ‘खेलाडीको परिक्षणका क्रममा कोभिन १९ को तीन नयाँ संक्रमित भेटिएका छन् भने एक खेलाडीमा भने फेरि संक्रमित पाइएको छ ।’
लिग फेरि सुरु गर्न अगाडि खेलाडी अनिवार्य परिक्षणबाट गुज्रिनु पर्ने क्रममा यी संक्रमित खेलाडी भेटिएका हुन् । इटालीको फुटबल संघले लिग सुरु गर्न अगाडि सबै प्रकारका सुरक्षा उपाय अपनाइने भनेको छ ।