एस मोनाकोका स्ट्राइकर पिएत्रो पेल्लेग्रीमा म्यानचेस्टर युनाइटेड चासो रहेको खबर छ।
जनवरी २०१८मा मोनाकोमा आएका १९ वर्षका युवाको खेल गम्भीर चोटपटकको कारण प्रभावित भएको थियो, उनि मोनाकोमा £१८ मिलियनमा आएका थिए र उनि महँगो युवा खेलाडी मध्ये एक बनेका थिए ।
स्काई इटालियाका अनुसार उक्त युवा साइन गर्न ओले गुन्नार सोलस्करले चासो देखाएका छन् उनलाई भित्राउन युनाइटेडमा छलफल हुँदै ।
युनाइटेडका व्यवस्थापक ओले गुन्नार पेल्लेग्रीलाई क्लबको भविष्यका लागि साइन गर्न चाहन्छन्।