सिरि ए २० जुनदेखि शुरू हुने

इटालियन सिरि ए आगामी २० जुनदेखि सुचारू हुने भएको छ । इटालीका खेलकुद मन्त्री भिसिन्जो स्पाडाफोराले कोरोना भाइरसपछि सिरि ए सुचारू गर्ने मिति सार्वजनिक गरेका हुन् ।

सिरि ए गत मार्च ९ देखि अनिश्चिकतकालका लागि स्थगित भएको थियो । लिगका १२ राउन्डका खेल बाँकी छन् । लिगमा युभेन्ट्सले अग्रता लिइरहेको अवस्थमा छ ।

युभेन्ट्सले २६ खेलबाट ६३ अंकाे जाेडेकाे छ भने दाेस्राे स्थानमा रहेकाे लाजिओ ६२ अंकसहति दाेस्राे स्थानमा रहेकाे छ ।

सिरि एका खेलाडीहरुलाई मेको पहिलो साता व्यक्तिगत रुपमा अभ्यास गर्न अनुमति दिइएको थियो । समूहमा भने यहि सातादेखि प्रशिक्षण गरिएको थियो।

२० जुनबाट सुरू गर्न भनिएको लिग अगस्ट २० सम्ममा सक्ने तयारी गरिएको छ।