सिरि ए: च्याम्पियन्स लिग खेल्ने टिमको टुंगो अन्तिम खेलबाट

एजेन्सी, सिरि ए अन्तर्गत च्याम्पियन्स लिग स्थानको लागि छिनोफानो अन्तिम खेलबाट हुने भएको छ। मिलान, नापोली र युभेन्टस शिर्ष चारमा पर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्न। चाहन्छन

मिलान र नापोलीको ७६ अंक रहेको छ भने युभेन्टसको ७५ अंक रहेको छ।

अन्तिम खेलमा मिलान एट्लान्टाको यात्रामा निस्किने छन। नापोलीले भेरोनालाई स्वागत गर्ने छ। युभेन्टस बोलोगंनाको घरेलु मैदानमा खेल्ने छ।

यधपी सबै टिमको ७६ अंकमा सकिने सम्भावना पनि त्येतीकै रहेको छ। यदि यसो भएको खण्डमा मिलान र युभेन्टस च्याम्पियन्स लिग खेल्ने छ।

मिलान ७६ अंक

यदि मिलानले अन्तिम खेलमा एट्लान्टालाई पराजित गर्छ मिलानले च्याम्पियन्स लिग स्थान मात्र नभइ दोश्रो स्थानमा उक्लिने छ।

नापोली ७६ अंक

नापोलीले भेरोनालाइ जितेमा शिर्ष चार पर्ने छ। नापोलीको हेड टु हेडको कुरा गर्ने हो भने युभेन्ट्ससंग समान रहेको छ। हेड टु हेड समान रहेको अवस्थामा गोल दिफरेन्सलाई अधार मानिन्छ।

युभेन्टस ७५ अंक

युभेन्टस शिर्ष चारमा पर्न नापोली र मिलानको खेलको नतिजामा निर्भर पर्नु पर्ने हुन्छ। यदि सबैको समान ७६ अंक भएको खण्डमा मिलान र युभेन्टस तेस्रो र चौथो हुने छ।