प्रहरीले सिरिन्ज आक्रमणमा हात रहेको आशंकामा काभ्रेबाट एकजनालाई पक्राउ गरेको छ। बनेपाबाट सोमबार दिउँसो २ बजे स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिएक छन्।
काभ्रेमा २ साता पहिला एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
सिरिन्ज आक्राणमा खगेन्द्र प्रसादको संलग्नता रहेको भन्दै स्थानीयले दिएको सूचनामा आधारमा उनलाई पक्राउ गरेको प्रहरीले बताए।