सिमिओनेले गरे एट्लेटिको म्याड्रिडसंग नया सम्झौता

एजेन्सी, एट्लेटिको म्याड्रीडका प्रशिक्षक डिएगो सिमिओनेले नया सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। अब नया सम्झौतासंगै उनी २०२४ सम्म एट्लेटिको म्याड्रीडमा बस्ने भएको छ।

उनी २०११ मा एट्लेटिको म्याड्रीडमा आबद्ध भएको थियो। उनले क्लबलाई आठ वटा उपाधी जिताइ सकेका छन। यस्तै, उनले गत सिजन क्लबलाई ला लिगाको उपाधी पनि दिलाएका थिए।

सिमिओनेको नया सम्झौतासंगै उनी क्लब इतिहासमा सर्वाधिक लामो समय प्रशिक्षण दिने प्रशिक्षक बनेको छ।

त्यस्तै, उनका प्रशिक्षण टोलिमा रहेका अन्य साहयक प्रशिक्षकहरुले पनि नया सम्झौता गरेको छ।

सिमिओनेले प्रशिक्षकका रुपमा रहदै ३१६ खेल जितिसकेको छ। उनको आगामी लक्ष्य क्लबलाइ च्याम्पियन्स लिग जिताउने हुनेछ। २०१४, २०१६ मा फाइनल पुगे पनि दुबै चोटि आफ्ना चिर-प्रतिद्वन्द्वी रियल म्याड्रीडको हातबाट पराजित हुन पुगेको थियो।