सिपिएलमा भोलि सन्दिप अन्तिम खेल खेल्दै

वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रीमियर लिगमा सन्दिप लामिछाने अनुबन्धित टोलि सेन्ट किट्स एन्ड नेबिस प्याट्रीयट्सको खेल भोलि बिहान बारबाडोज ट्रीडेन्ट्स बिरुद्ध रहेको छ । उक्त खेल ब्रीजटाउन ओवल मा नेपाली समय अनुसार १:४५ मा हुनेछ ।

सन्दिपले जारि प्रतियोगितामा उत्कृष्ट प्रदसन गरेका छन । उनले डेबुट खेलको पहिलो बलमा नै विकेट लिएका थिए । अहिलेसम्म ४ खेल खेल्दा सन्दिपले ४.८४ को इकोनोमीमा ७ विकेट लिएका छन । उनी सिपिएल कै उत्कृष्ट इकोनोमिकल बलर को दोश्रो स्थानमा पर्छन ।

बारबाडोस ३ खेलमा २ जित र १ हारको साथ अङ्कतालिकाको पाचौ स्थानमा छ भने प्याट्रीयाट्स ४ खेलमा २ जित र २ हारको साथ चौथो स्थानमा छ ।

भोलि सन्दिप प्याट्रीयट्स का लागि आफ्नो अन्तिम खेल खेल्नेछ्न । उनी नेपाल अगस्ट २९ बाट मलेदियामा एसिया कप छनोट खेल्ने भएकाले नेसनल टिमको लागि खेल्न को लागि मलेसिया आउनेछ्न । उनी वेस्ट इन्डिज बाट अगस्ट २८ मा मलेसिया प्रस्थान गर्ने छ्न ।