सिन्धुको ओलम्पिकमा कीर्तिमान

एजेन्सी, पिभी सिन्धुले ओलम्पिकमा भारतको लागि इतिहास रचेकी छिन । उनले ओलम्पिकमा दुइटा पदक जित्ने पहिलो भारतिय महिला खेलाडी बनेकी छिन् ।

उनले आइतबार कास्य पदकको खेलमा चीनकि हि बिङजिअओलाई पराजित गर्दै पदक जितेकी हुन ।

उनले बिङ्जिआओलाई २१-१३, २१-१५ को सेटमा हराएकी थिइन ।

यस्तै, सुशील कुमारले ओलम्पिकमा व्यक्तिगत दुइटा पदक जित्ने पहिलो भारतिय खेलाडी हुन ।

सिन्धुले रिओ ओलम्पिकमा फाइनलमा क्यारोलिना मार्टिन्ससंग पराजित हुदा रजतमा चित्त बुझाउनु परेको थियो ।

शनिबार सम्पन्न अन्तिम चारमा सिन्धु विश्व नम्बर १ टाइ जु यिङसंग पराजित भएकि थिइन् ।