सिटी र रियल बीचको खेल पछि दुई प्रशिक्षकले कुराकानी गर्दै केहि समय बिताए

च्याम्पियन्स लिगमा सिटीले रियललाई पराजित गरेको थियो र खेल अन्त्य भए पछि खाली स्टेडियममा दुई क्लबका स्टार प्रशिक्षक कुराकानी गर्दै एक अर्का संग केहि समय बिताए।

दुई बीच केहि समय सम्म भएको कुराकानीको भिडियो सामाजिक संजालमा भाइरल भयो र दुई प्रशिक्षक बीचको राम्रो सम्बन्धबारे सबैले प्रशंसा गरेका थिए।

र केहि रिपोर्टरले गार्डियोलालाई जिदान संगको उक्त कुराकानी बारे प्रस्न गरे र गार्डियोलाले जिदान संग के कुरा भएको बारे खुलाए।

“मैले उनलाई ला लीगाका लागि बधाई दिए,” उनले पोस्ट म्याच प्रेस सम्मेलनमा भने, “मैले सधैं भनेको छु लिग जित्नु नै सबैभन्दा कठिन उपाधि हो किनकि यसको लागि ११ महिना लाग्छ ।

“हामीले हाम्रो परिवारको बारेमा बोलेका थियौं र म उहाँलाई शुभकामना दिँदै थिएँ। म खेलाडी हुँदा उहाँ मेरो आइडल मध्ये एक हुनुहुन्थ्यो।

“मैले उनको बिरूद्ध फ्रान्ससँगको राष्ट्रिय टोलीमा खेलेँ र उनि बिरुद्ध खेल्न गार्हो थियो।

“उहाँ महान व्यक्तिहरू मध्ये एक हुनुहुन्थ्यो र मानवको रूपमा उहाँ एक उदाहरण हुनुहुन्छ।”