सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । सोमबार भएको खेलमा टोटनहमलाई पराजित गर्दै सिटीले तालिकाको शीर्ष स्थानमा पुनरागमन गरेको हो ।

सिटीले १० खेलबाट २६ अंक जोड्यो । समान अंक भएपनि लिभरपुल गोल अन्तरका आधारमा दाेस्रो स्थानमा रह्यो । चेल्सी २४ अंक सहित तेस्रो स्थानमा छ ।

टोटनहमको घरेलु मैदान वेम्वलीमा भएको खेलमा सिटीलाई जित दिलाउन रियाद महरेजले विजयी गोल गरे । खेलको छैटौ मिनेटमा उनले गरेको गोल सिटीलाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।

टोटनहमले आगामी बुधबार वेस्टहमसंग काराबाओ कपको चौथो चरणको खेल खेल्नेछ । चौथो चरणकै खेलमा सिटीले बिहिबार फुलहमलाई आतिथ्यता प्रदान गर्नेछ ।