सिटीलाई पछि पार्दै रोनाल्डोलाई म्यान्चेस्टर युनाइटेडले साइन गर्न सक्ने

प्रिमियर लिग कलम म्यानचेस्टर युनाइटेडले आफ्नो पूर्व खेलाडी रोनाल्डोलाई क्लबमा फिर्ता प्रयास गर्न  गर्न सक्ने खबर रहेको छ। रोनाल्डोले युभेन्टस छोड्ने कुराको पुष्टि भएको छ भने उनलाई म्यानचेस्टर सिटीले साइन गर्न सक्ने धेरै चर्चा थियो तर हाल खबर अनुसार म्यानचेस्टर युनाइटेडले पनि उनलाई साइन गर्ने चासो देखाएको छ र युनाइटेडको बोर्डमा सो बारे वार्ता पनि भएको छ।

रोनाल्डोका एजेन्ट जर्ज मेन्डेज, सिटीका प्रतिनिधिहरू सँग सम्पर्कमा रहेको धेरै खबर थियो भने हाल उनी युनाइटेड सँग पनि वार्तामा रहेको रिपोर्ट छ।

३७ वर्षका सुपरस्टारको नयाँ क्लबबारे हाल धेरै चर्चा हुने गरेको छ भने उनी रियल फर्किने चर्चा भएको थियो जुन रियलका कोचले अस्वीकार गरेका छन् भने फ्रेन्च क्लब पिएसजी सँग पनि उनको नाम जोडिएको थियो भने म्यान सिटी उनलाई साइन गर्न नजिक रहेको धेरै चर्चा हुँदै गर्दा सिटीलाई पछि पार्दै रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडले साइन गर्न सक्ने जानकारी छ।

रोनाल्डोलाई युनाइटेडले साइन गर्न सक्नेबारे क्लबका कोच ओले गुन्नर सोल्स्क्जारले पनि संकेत गरेका छन्।

“क्रिस्टियानो रोनाल्डो? हामी बिच सधैँ राम्रो सम्पर्क छ। ब्रुनो उनीसँग कुरा गरीरहेका छन् र उनी जान्दछन् कि हामी उनको बारेमा के महसुस गर्छौं। यदि उनी कहिल्यै जुभेन्टस बाट टाढा जाने छन् भने, उनी जान्दछन् कि हामी यहाँ छौँ “- रोनाल्डोको बारे प्रश्न हुँदा ओले गुन्नरले जवाफ दिए।