सिटीमा गार्डियोलाले हाल सम्म डिफेन्डरहरुको लागि £३४५ मिलियन खर्च गरेका छन्

म्यानचेस्टर सिटी हाल डिफेन्डर नेथन एकेलाई साइन गरेका छन्। उनको लागि सिटीले £४१ मिलियन खर्च गरेका छन्। नेथन एकेले बोर्नेमाउथ संग राम्रो सिजन बिताए पछि धेरै क्लबले उनि माथि चासो देखाए पनि अन्तिममा सिटीले उनलाई साइन गरेको छ।

उनलाई साइन गर्न सिटी £४१ मिलियन खर्च गरे पछि सिटीमा गार्डियोलाले डिफेन्डरहरु साइन गर्न खर्च गरेको रकम £३४५ मिलियन पुगेक छ।

डिफेन्डरहरु साइन गर्न ४० मिलियनको औसत रकममा सिटीले खर्च गरेको छ ।

सिटीले खेलाडी साइन गर्न धेरै रकम खर्च गर्ने भनेर धेरै आलोचना पनि हुने गरेको छ र केहि समय अघि ट्रान्सफर प्रतिबन्ध लागे पनि सिटीले सो प्रतिबन्धलाई फुकुवा गर्न सफल भएको थियो।

Transfermarkt.co.ukको सहायतामा हामीले हाल सम्म सिटीले डिफेन्डरहरुको लागि गरेको खर्चको सूचीबद्ध गरेका छौं- सो सुची तल हेर्नुहोस्:-

Joao Cancelo – £58.5m

Aymeric Laporte – £58.5m

Benjamin Mendy – £52m

John Stones – £50m

Kyle Walker – £47m

Nathan Ake – £41m

Danilo – £27m

Angelino – £11m