इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै फ्रान्सेली क्लब लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। आइतबार बिहान भएको खेलमा सिटीलाई ३–१ ले पराजित गर्दै लियोनले सेमिफाइलनको यात्रा तय गरेको हो ।
FARMERS LEAGUE 🤡
👏🏽👏🏽👏🏽 @OL
— Kylian Mbappé (@KMbappe) August 15, 2020
उक्त खेल पछि अर्को फ्रेन्च क्लब पिएसजीका स्टार एम्बाप्पेले ट्विटरमा फ्रेन्च लिगलाई किसानको लिग भन्नेहरुलाई व्यंग्य हाने। यो सिजन च्याम्पियन्स लिग सेमीफाइनल पुग्न लियोन दोस्रो फ्रेन्च क्लब हो र फ्रेन्च लिग कमजोर रहेको भनेर भन्नेहरुलाई यो सिजन फ्रेन्च क्लबहरुले आफ्नो क्षमता देखाएका छन्।
Talk to them bro! 👏🏽😄🦁
— Memphis Depay (@Memphis) August 15, 2020
प्रिमियर लिग जस्लाई धेरैले विश्वको सबैभन्दा प्रतिस्पर्धी भएको लिग मान्ने गर्छन त्यो लिगको क्लबलाई जित्ने क्लबको लिगलाई ‘किसानको लिग’ भन्न न मिल्ने भनेर धेरै सामाजिक संजाल पोस्ट गरे भने काइलियन एम्बाप्पे आफैले ट्विटरमा सिटीको हार पछि ‘किसानको लिग’ भनेर ट्वीट गर्दै व्यंग्य हान्ने।
Kylian Mbappe isn’t here for your Ligue 1 slander.#Club2020 pic.twitter.com/C3nU9W5vSA
— Football on BT Sport #Club2020 (@btsportfootball) August 15, 2020
लियोनले फाइनल प्रवेशका लागि बार्यन म्युनिख संग प्रतिस्पर्धी गर्नेछ। बार्यनले हिजोको खेलमा बार्सिलोनालाई ८–२ ले हराउँदै सेमिफाइनलको पुगेको थियो। अर्काेतर्फ फ्रान्सेली क्लब पीएसजी र जर्मन क्लब लाइप्जिग फाइलनका लागि प्रतिस्पर्धा गर्दैछन्।