सिटीका जर्मन स्टार साने सात महिना मैदान बाहिर

म्यानचेस्टर सिटी तथा जर्मनी राष्ट्रिय टोलीका भरपर्दा विंगर लिरोए साने कम्तीमा सात महिना मैदान बाहिर रहने पक्का भएको छ ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले साने सात महिना मैदान बाहिर रहने पुष्टि गरेका छन् । सानेले लिभरपुलविरुद्ध कम्युनिटी शिल्ड अन्तरगतको खेलमा एन्टेरियर क्रिउसेट लिगामेन्टको चोट बोकेका थिए । उनी खेलको १३औं मिनेटमा सोही चोटका कारण मैदानबाट बाहिरिएका थिए ।

उनको स्थानमा गाब्रियल जेसस मैदान प्रवेश गरेका थिए । खेलमा सिटी पेनाल्टी सुटआउटमा ५–४ ले विजयी हुदै च्याम्पियन बनेको थियो ।