सिटि र पि.एस.जि मेस्सीको अवस्थालाई नजिकैबाट नियाल्दै

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर सिटि र फ्रेन्च क्लब पि.एस.जि मेस्सी र बार्सिलोनाको अवस्था नजिकैबाट नियालिरहेका छन्। रिपोर्टका अनुसार यी दुई क्लबहरु मेस्सी र बार्सिलोना बिचको अवस्थालाई नजिकैबाट नियालिरहेका छन् र बार्सिलोनाले मेस्सीलाई क्लबमै राख्न नसकेको खण्डमा मेस्सीलाई भित्र्याउन प्रयास गर्नेछन्।

रिपोर्टका अनुसार बार्सिलोना उनलाई थप दुई वर्षका लागि क्लबमा राख्न चाहन्छन् र मेस्सी पनि बार्सिलोनाको उक्त प्रस्तावलाई स्विकार्ने पक्षमा छन्। मेस्सी हाल फ्री एजेन्ट रहेकाले र बार्सिलोनाले उनलाई पुनः अनुबन्ध गर्नु पर्न भएकाले बार्सिलोनालाई ला लिगाको पारिश्रमिकको मापदण्ड पूरा गर्न भने गाह्रो भइरहेको भनिएको छ।
यसै कारणले बार्सिलोना आफ्नो केही खेलाडीहरु बेच्न खोजिरहेको पनि देखिएको छ। बार्सिलोनाले ला लिगाको पारिश्रमिकको उक्त मापदण्ड पूरा गर्न नसकेको खण्डमा सिटि र पि.एस.जिले मेस्सीलाई भित्र्याउन प्रयास गर्ने देखिएको छ।