सिटिको ह्यारी केन भित्र्याउने यस्तो रणनीति

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर सिटिले अर्को इङलिस क्लब टोटनह्यामबाट स्टार स्ट्राइकर ह्यारी केन भित्र्याउन आफ्ना दुई खेलाडी रहिम स्टर्लिङ र ग्याब्रियल जिसुस प्रयोग गर्न सक्ने देखिएको छ। रिपोर्टका अनुसार सिटिले टोटनह्यामसँग उक्त क्लबमा रहिम स्टर्लिङ र ग्याब्रियल जिसुस पठाइ केन भित्र्याउने प्रस्ताव गर्ने तैयारीमा छ।

रहिम स्टर्लिङ र ग्याब्रियल जिसुसको कुल मुल्य १३५ मिलियन पाउन्ड रहेको मानिएको छ। २७ वर्षका केनको मुल्य भने १५० मिलियन पाउन्ड रहेको आंकलन गरिएको छ जुन स्टर्लिङ र जिसुसको कुल मुल्य भन्दा केही बढी हो। यो सम्झौता भएको खण्डमा सिटिले केनका लागि केही थप रकम पनि हाल्न सक्ने अनुमान लगाइएको छ।
स्टर्लिङ र जिसुस दुवै प्रतिभाशाली खेलाडी रहेको मानिएता पनि दुवैले यो सिजन भने सिटिका लागि आशा अनुरुप प्रदर्सन गर्न सकेका छैनन्। स्टर्लिङले यो सिजन सबै प्रतिस्पर्धाहरुमा सिटिका लागि ४९ खेलमा १४ गोल र १२ असिस्ट गर्न सफल भएका छन् भने जिसुसले यो सिजन सबै प्रतिस्पर्धाहरुमा सिटिका लागि ४१ खेलमा १२ गोल र ४ असिस्ट गर्न सफल भएका छन्।