सिटिको ग्रिलिश भित्र्याउने योजनामा धक्का

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर सिटिको यस ट्रान्सफर सिजन अर्का इङलिस क्लब एस्टन भिलाका खेलाडी ज्याक ग्रिलिश भित्र्याउने योजनामा धक्का पुगेको छ। रिपोर्टका अनुसार एस्टन भिला उनको पारिश्रमिक बढाइ नयाँ सम्झौतामा ग्रिलिशलाई अनुबन्ध गर्न चाहन्छन्।

रिपोर्टका अनुसार ग्रिलिशले नयाँ सम्झौतामा हस्ताक्षर गरेको खण्डमा सिटिले उनलाई भित्र्याउन प्रयास गर्नका निम्ति पनि २०२३ सम्म कुर्नुपर्ने हुनेछ। म्यान्चेस्टर सिटि भने यस ट्रान्सफर सिजन ग्रिलिश भित्र्याउन इच्छुक हुनुका साथसाथै उनका लागि १०० मिलियन पाउन्ड तिर्न पनि तयार रहेको भनिएको छ।
२५ वर्षका इङलिस खेलाडी ग्रिलिश एस्टन भिलाकै एकेडमीका उत्पादन हुन्। उनी २०२५ सम्म एस्टन भिलामा अनुबन्ध छन्। उनले एस्टन भिलाका लागि २१३ खेल खेली सकेका छन्। उनी हाल युरो २०२० अन्तर्गत आफ्नो राष्ट्रिय टोलीसँग आबद्ध छन्।