सिटिको खेलाडी माथी अट्लेटिको मड्रिडको नजर

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर सिटिका खेलाडी बर्नार्डो सिल्भा माथी स्पेनिश क्लब अट्लेटिको मड्रिडको नजर परेको छ। रिपोर्टका अनुसार क्लब उनका लागि प्रस्ताव गर्ने बारे विचार गर्दै छन्।

सिटि स्टार इङलिस खेलाडी ज्याक ग्रिलिश भित्र्याउन लागेकाले अर्को सिजन सिल्भाले पर्याप्त खेल समय नपाउने देखिन्छ। रिपोर्टका अनुसार सिल्भाको मूल्य करिब ५० देखि ६० मिलियन पाउन्ड रहेको छ। अट्लेटिको मड्रिडका साथसाथै अर्का स्पेनिश क्लब बार्सिलोना पनि उनलाई भित्र्याउन इच्छुक रहेकोे भनिएता पनि हाल बार्सिलोनाको आर्थिक अवस्था कम्जोर रहेकाले उनी यस ट्रान्सफर सिजन बार्सिलोनामा अनुबन्ध हुने सम्भावना न्यून देखिन्छ।
२६ वर्षका पोर्चुगिज खेलाडी सिल्भा २०१७ मा करिब ५० मिलियन युरोमा फ्रेन्च क्लब मोनाकोबाट सिटिमा अनुबन्ध भएका थिए। उनले सिटिका लागि २०१ खेल खेली सकेका छन्।