सिटिका स्टार डिफेन्डरले लम्ब्याए सम्झौता

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर सिटिका स्टार डिफेन्डर रुबेन डियाजले आफ्नो क्लबसँगको सम्झौता लम्ब्याएका छन्। रिपोर्टका अनुसार उनी अब २०२७ सम्मका लागि म्यान्चेस्टर सिटिमा अनुबन्धित छन्।

उनी गत वर्ष नै पोर्चुगिज क्लब बेन्फिकाबाट करिब ६८ मिलियन युरोमा म्यान्चेस्टर सिटिमा अनुबन्धित भएका थिए। म्यान्चेस्टर सिटिमा अनुबन्धित भएको पहिलो सिजनमा नै उनले प्रेमियर लिगको उपाधी जित्न सफल भएका थिए। रिपोर्टका अनुसार नयाँ सम्झौतामा अनुबन्ध भएसँगै उनको पारिश्रमिक पनि वृद्धि भएको छ।
२४ वर्षका पोर्चुगिज डिफेन्डर डियाजले म्यान्चेस्टर सिटिका लागि ५४ खेल खेल्नुका साथै एक गोल पनि गरिसकेका छन्। आफ्नो राष्ट्रिय टोलिका लागि भने उनले ३२ खेल खेली सकेका छन् भने २ गोल पनि गरिसकेका छन्।