सिटिका स्टार गोलकिपरले लम्ब्याए सम्झौता

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर सिटिका ब्राजिलियन गोलकिपर एडर्सनले आफ्नो क्लबसँगको सम्झौता लम्ब्याएका छन्। रिपोर्टका अनुसार उनी अब २०२६ सम्मका लागि क्लबमा अनुबन्धित छन्।

हालै म्यान्चेस्टर सिटिका पोर्चुगिज डिफेन्डर रुबेन डियाजले पनि आफ्नो क्लबसँगको सम्झौता लम्ब्याएका थिए। एडरसन २०१७ मा पोर्चुगिज क्लब बेन्फिकाबाट करिब ३५ मिलियन पाउन्डमा म्यान्चेस्टर सिटिमा अनुबन्ध भएका थिए।
२८ वर्षका ब्राजिलियन गोलकिपर एडरसनले म्यान्चेस्टर सिटिका लागि १९४ खेल खेली सकेका छन्। रिपोर्टका अनुसार उनले म्यान्चेस्टर सिटिका लागि ९४ क्लिन शिट पनि राखी सकेका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि १६ खेल खेलेका छन्।