सिटिका लागि निर्णायक पेनाल्टी एडरसनले लिने

एजेन्सी, म्यान्चेस्टर सिटिका गोलकिपर एडरसनले आउँदो च्याम्पियनस लिग फाइनल पेनाल्टी सुटआउटमा गए पाँचौ निर्णायक पेनाल्टी आफुले लिने बताएका छन्।

नेपाली समय अनुसार मे ३० आइतबार बिहान १२:४५ मा हुन गइरहेको च्याम्पियनस लिग फाइनलमा म्यान्चेस्टर सिटि अर्को इङलिस क्लब चेल्सीसँग भिड्दै छ। यो सिटिको पहिलो च्यम्पियन्स लिग फाइनल हो।
सिटिले यो सिजन प्रेमियर लिग जितेता पनि पेनाल्टीलाई गोलमा परिणत गर्न भने संघर्ष गरिरहेकै छ। यो सिजन मात्र सिटिले ११ वटा पेनाल्टी पाएको थियो जस्मा सिटिले ७ वटालाई मात्र गोलमा परिणत गर्न सफल भएको थियो।

गत फेब्रुअरीमा लिभरपुलसँगको खेलमा सिटिका इके गुन्डोआनले पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा प्रशिक्षक पेप गुवार्डिओलाले एडरसन पनि एक विकल्प रहेको जानकारी दिएका थिए।
२७ वर्षका ब्राजिलियन गोलकिपर एडरसनले यो सिजन सबै प्रतियोगिताहरुमा सिटिका लागि ४७ खेल खेली सकेका छन् जस्मा उन्ले २६ क्लिन सिट पनि राख्न सफल भएका छन्।