सिटिका डिफेन्डर काबोर मार्सेलीमा

एजेन्सी । म्यान्चेस्टर सिटिका राइट ब्याक इसा काबोर मार्सेलीमा लोनमा आवद्ध भएका छन् । सिटिले मार्सेलीलाई लोन सकिए पछि स्थानीय खेलाडिका रुपमा अनुबन्ध गर्न पाउने सर्त समेत दिइएको छ ।

२०२० मा बेल्जियन क्लबबाट सिटि आएका काबोरले पेप गुआर्डिओलाको टिममा स्थान बनाउन असफल भएको थियो ।

त्यस्तै, समर ट्रान्सफरमा व्यस्त रहेको मार्सेलीले आफ्नो १३ औं खेलाडिका रुपमा काबोरलाई भित्र्याएको छ ।

यसअघि, मार्सेले एलेक्सिस सान्चेज, ग्वाडुजी र अन्डर जस्ता खेलाडिलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै, सिटिले एन्डरलेचका डिफेडर सर्जियो गोमेजलाई चार वर्षका लागि क्लबमा अनुबन्धन गरेको छ ।