सिजनको पहिलो खेलमा लिभरपुलको सान्दार जित

२०१९/२० सिजनको पहिलो खेलमा इङ्लिस क्लब लिभरपुलले सहज जित हासिल गरेको छ।

शुक्रवार राति एनफिल्दमा भएको खेलमा लिभरपुलले नर्भिक लाई ४-१ गोलले हरायो। लिभरपुलले पहिलो हाफमा ४ गोल गरेका थिए।

खेलको ७ औं मिनेटमा लिभरपुलको लागि गोल उपहार पाएको थियो। हेन्लीले आत्माघाटी गोल गदै लिभरपुललाई १-० को अग्रता दिलाए।

त्यसपछि लिभरपुलले थप गोल गरे। उसका लागि साला, भान दिज्क र ओरिजीले १९, २८, र ४२ औं मिनेटमा समान एक-एक गोल गरे।

दोस्रो हाफमा नर्भिकले गोल गदैं खेल ४-१ मा पुराए । उसका लागि पुकिले ६४ औं मिनेटमा गोल गरे। खेलमा अरू गोल हुन सकेन र खेल लिभरपुलले नर्भिक बिरूद्ध ४-१ को सहज जित निकाले।

यस जित सँगै लिभरपुलले यो सिजन सुखद सुरूवात गरेको छ।