सिजनको अन्त्यमा जाल्टन इब्राहिमोभिचले एसी मिलान छोड्ने

जाल्टन इब्राहिमोभिचले यस सिजनको अन्त्यमा एसी मिलान छोड्ने भएको छ र स्वीडिश क्लब हम्मर्बीमा जाने छन् ।

जाल्टन जनवरीमा मिलानमा पुन: सामिल भएका थिए र र स्यान सिरोमा ११ खेलमा चार गोल गरेका छन्।

यद्यपि स्पोर्ट्स इटालियाका अनुसार स्वीडेनका स्टारको सम्झौता यस सिजनको अन्त्यमा समाप्त हुने छ र नयाँ सम्झौताको सम्भावना न रहेको पनि खबर छ ।

उनको सम्झौता अगस्ट ३१मा समाप्त हुने छ भने उनि हम्मर्बीमा जाने खबर छ।