सावित्राको दुई गोलमा सेथुको पुनरागमन जित, लिग च्याम्पियन बन्न सफल

सावित्रा भण्डारी र अनिता बस्नेत सम्मलित सेथु फुटबल क्लबले भारतीय महिला लिग हिरो महिला लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा मनिपुर पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेथु च्याम्पियन बनेको हो ।

गुरु नानक स्टेडियममा सावित्रा चम्किदा सेथुले पुनरागमन जित निकालेको हो । सेथुको जितमा सावित्राले दुई गोल गरिन् ।मनिपुरकी उमापति देवीले आत्मघाती गोल गर्दा राधारानी देवीले एक गोल फर्काइन् ।

खेलको ४४ औं मिनेटमा राधारानीको गोलबाट मनिपुरले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा सेथु फर्कियो ।
५६ औं उमापतिको आत्मघाती गोलबाट सेथुले खेल १-१ को बराबरी गरेको थियो । त्यसपछि सावित्राले लगातार दुई गोल गरिन् ।

खेलको ६१ औं मिनेटमा सावित्राले गोल गर्दै सेथुलाई २-१ को अग्रता दिलाईन् । त्यसपछि ७० औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै सेथुलाई च्याम्पियन बनाईन् ।