साविक विजेता लिलको बराबरी

एजेन्सी, फ्रेन्च लिग वान अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता लिल बराबरिमा रोकेको छ । दोश्रो खेलमा निससंग लज्जास्पद हार बेहोरेका लिल तेश्रो खेलमा सेन्ट इथियनसंग १-१ गोलको बराबरी खेलेको हो ।

लिलले शुरुवाति अग्रता जोगाउन नसक्दा जितबाट बञ्चित हुनपुग्यो ।

बुराक यिल्माजले खेलको ३७ औं मिनेटमा अग्रता दिलाएका थिए ।

पहिलो हाफमा अग्रता लिएको लिल दोश्रो हाफको ८४ औं मिनेटमा सौले गोल गर्दा नतिजा १-१ को स्थितिमा पुग्यो ।

दुबै टोलिबाट गोल ननिस्के पछि साविक विजेता लिल बराबरीमा चित्त बुझाउनु पर्यो ।

यो बराबरीसंगै लिलले तिन खेल खेल्दा जित विहिन रहेको छ । उसले तिन खेलमा २ बराबरी र १ हार बेहोर्दै २ अंक जोडै तालिकामा १३ औं स्थानमा रहेको छ ।

त्येस्तै, सेन्ट इथियन तलिकामा ९ औं स्थानमा छ । उसले तिन खेलमै बराबरी नतिजा निकाल्दै ३ अंक जोडेको छ ।