साविक विजेता चिलीको उपाधि ह्याट्रिक गर्ने सपना तुहियो, पेरु फाइनलमा प्रवेश

चिलीलाई पराजित गर्दै पेरू ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेकाे छ । बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा चिलीलाई ३-० गोल अन्तरले पराजित गर्दै पेरू फाइनलमा प्रवेश गरेकाे हाे ।

अब उपाधिकाे लागि पेरूले ब्राजिलकाे सामना गर्नेछ। हारसँगै कोपा अमेरिकाको उपाधि ह्याट्रिक गर्ने चिलीको सपना चकनाचुर भएको छ । कोपा अमेरिकाको पछिल्लो दुवै संस्करणमा चिली च्याम्पियन बनेको थियो ।

पहिलो हाफमा २-० गोल अन्तरले पछि परेको चिलीले दोस्रो हाफमा पनि गोल गर्न सकेन । खेलको २१ औं मिनेटमा एडिसन फ्लोरेसले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए ।खेलको ३८ औं मिनेटमा चिलीका लागि योशीमार योतुनले अग्रता दोब्बर पारे ।

दोस्रो हाफको इन्जुरी समयमा पाउलो गुरेरोले गोल गर्दै चिलीको फाइनल यात्रा तय गरे । लगत्तै चिलीले पेनाल्टीमा सान्त्वना गोल फर्काउने मौका पाएपनि एडुआर्डो भार्गासको प्रहार गोलरक्षकले बचाए ।

यो जितसँगै पेरुले उपाधिको लागि ब्राजिलसँको भेट पक्का गरेको छ । अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिल यसअघि नै प्रतियोगिताको फाइनमा प्रवेश गरिसकेको छ । फाइनल खेल आउँदो आइतबार हुनेछ ।