साविक बिजेता पोर्चुगल अन्तिम १६ बाट बाहिरियो

एजेन्सी, युरोपियन च्याम्पियनसिप अन्तर्गत अन्तिम १६ को खेलमा साविक बिजेता पोर्चुगलले पराजय भिगेको छ। आइतबार राति भएको खेलमा फिफा बरियताको शीर्ष स्थानमा रहेको बेल्जियमसँग १–० गोल अन्तरले पराजित हुँदै पोर्चुगल अन्तिम १६ बाट घर फर्किएको हो ।

समूह एफमा तेस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको पोर्चुगलका लागि कप्तान क्रिष्टियानो रोनाल्डो चल्न सकेनन् । 

पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि इटालीसँग खेल्नु पर्ने छ ।

पोर्चुगिज कप्तान रोनाल्डोले २५ औं मिनेटमा डी बक्सबाहिरबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक कोर्टुवाले विफल पारेका थिए ।

४२ औं मिनेटमा बेल्जियमका थोगर्न हाजार्डले गोल गरेपछि अग्रता लिएको थियो ।

डी बक्सबाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

उनले थोमस मुनिएरको पासलाई सदूपयोग गर्दै गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा गरेको उक्त गोल नै बेल्जियमलाई युरो २०२० को अन्तिम आठमा पुर्‍याउँदो डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई घर फर्कन बाध्य बनायो ।