साल्स्बर्गसंग बार्सिलोना स्तब्ध

एजेन्सी, प्रि-सिजन मैत्रीपुर्ण खेलमा बार्सिलोना अष्ट्रियन क्लब आरबि साल्स्बर्गसंग पराजित भएको छ । साल्स्बर्गले बार्सिलोनालाइ २-१ गोलले पराजित गरेको हो ।

साल्स्बर्गले पहिलो र दोश्रो हाफमा गरेर एक एक गोल गरेको थियो । यस्तै, बार्सिलोनाले दोश्रो हाफमा बराबरी गोल फर्काए ।

सुचिकले खेलको ४३ औं मिनेटमा गोल गर्दै साल्स्बर्गलाइ अग्रता दिलाए ।

त्येस्तै, बैकल्पिक खेलाडिका रुपमा मैदान प्रवेश गरेका मार्टिन ब्रैट्वेटले ८३ औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो ।

साल्स्बर्गलाइ जित दिलाउन खेलको ९० औं मिनेटमा एयारन्शनले गोल गर्दै जित दर्ता गराउन सफल रह्यो ।

बार्सिलोना यस अघि मैत्रीपुर्ण खेलहरुमा सतप्रतिशत नतिजा निकालेको थियो ।