साल्का बिरुद्ध हालान्डको यस्तो उत्कृष्ट ‘सीजर’ गोल

डर्टमन्डका सुपरस्टार एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शन जारी रहेको छ र जर्मन लिगमा पनि उनको गोलको क्रम जारी रहेको छ।

जर्मन लिगमा शनिवार भएको साल्का विरुद्धको खेलमा पनि उनले दुई गोल गरे भने उक्त खेल उनले आफ्नो पहिलो र क्लबको गोल दोस्रो गोल निकै उत्कृष्ट शैलीमा गरे।

जेडन सान्चोको क्रसमा उनले उत्कृष्ट ‘सीजर’ गोल गरे जसले धेरैलाई जाल्टन इब्राहिमोभिचको याद दिलाउने छ।

डर्टमन्डले उक्त खेल ४-०ले जितेको थियो भने सो खेलमा हालान्डको प्रदर्शन निकै राम्रो थियो र उनले दुई गोल गरे। हाल उक्त खेलमा हालान्डले गरेको उत्कृष्ट ‘सीजर’ गोलको धेरै चर्चा हुँदै गरेको छ।

२० वर्षका स्टार फोवार्डले यस सिजन क्लब र देशका ३० खेलमा ३२ गोल गरेका छन् र उनी फुटबलको सुपरस्टार बन्ने क्रममा छन्।