सालाह स्पेनमा खेल्न इच्छुक

एजेन्सी, मो सालाहले स्पेनमा फुटबल खेल्ने संकेत दिएका छन। लिभरपुल छोड्न चाहेको भनी चर्चा चली रहदा उन्ले स्पेनमा खेल्न इच्छा व्यक्त गरेको हो।

जारी सिजन प्रिमिएर लिगको शिर्ष गोलकर्ता सालाहको सम्झौता २०२३ सम्म रहेको छ। उन्को नाम बार्सिलोना र रियल म्याड्रिडसंग बेला बेला जोडिदै आएको छ।

उन्लाई खेल पत्रकारले स्पेनमा खेल्न इच्छा छ भनेर सोद्धा उन्ले इच्छा रहेको प्रतिक्रिया दिए। उन्ले थपे ” भविस्यमा कसैलाइ के हुन्छ थाहा हुदैन तर पक्कै पनि एक दिन खेल्ने छु”।

” म आश गर्छु अझै केही बर्ष मैले जे गर्दै आएको छु त्यो गर्नेछु। गोल गर्नु र उपाधी जित्नुनै हो”।

सालाहले लिभरपुलको मुख्य प्रशिक्षकसंग सम्बन्ध सामान्य रहेको बताए।

सालाह २०१७ मा लिभरपुल आएका थिए। यी २८ बर्षिय खेलाडिले १९२ खेलमा ११९ गोल गरेका छन।