‘सालाह मेस्सीको स्तरमा छन्’

पूर्व लिभरपुल खेलाडी ताइवो अवोनीले मोहमम्द सालाहले भविष्यमा बालोन डि’ओर जित्न सक्ने दाबी गरेका छन् भने सालाह मेस्सी र लेवान्डोस्कीको स्तरमा रहेको उनको विश्वास रहेको छ।

हालै सार्वजनिक भएको फिफप्रोको उत्कृष्ट खेलाडीहरूको सुचीमा सालाह पर्न असफल भएका थिए भने ताइवो अवोनीले सालाहको हालको फमको प्रसंसा गरेका छन्।

उनले भने: “जब मैले उहाँसँग भेटेँ र उहाँलाई प्रशिक्षणमा देखेँ, मैले एक जना खेलाडी देखे जोसँग सबै कुरा छ।

“उनी सँग अनुभव छ। उनले चेल्सी, रोमा र अहिले लिभरपुलबाट खेलेका छन्। उनी निकै उत्कृष्ट फममा छन् र उनी मेस्सी र लेवान्डोस्की र बाँकीको स्तरमा छन्।

 

“उनले सबै गर्छन् भने सबै कुरा उनीसँग काम गर्दै छ। उनको अनुभव अहिले काममा आउँदै छ। उहाँ एक यस्तो खेलाडी हुन् जो सधैँ आफ्नो र आफ्नो क्लबको लागि धेरै गर्न चाहन्छन्।

“त्यस्तो खेलाडीलाई भेट्नु मेरो लागि ठुलो कुरा थियो। उहाँ साँच्चै, मेरो लागि फुटबलको उच्च स्तरमा हुनुहुन्छ।