सालाह चम्किदा लिभरपुलको शान्दार जित

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको शुरूवात जितबाट भएको छ । नर्विच सिटिलाई ३-० गोलले पराजित गर्दै लिभरपुलले जित निकालेको छ ।

लिभरपुलको जितमा डिएगो जोटा, रोबर्टो फर्मिनो र सालाहले एक एक गोल गरेका थिए । पहिलो हाफमा एक गोल निस्किदा दोश्रो हाफमा दुई गोल निस्किएको थियो ।

खेलको २५ औं मिनेटमा गोल गर्दै जोटाले लिभरपुललाई अग्रता दिलाए । ट्रेन्ट एलेक्सान्डर आर्नल्डको क्रसमा मो सालाहको खुट्टामा छुदै जोटाले उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफमा बल पोसेसनमा दुबै टोलिले नियन्त्रणमा राख्न सफल भए पनि लिभरपुलले पोष्ट चार्ज बदि गरेका थिए ।

दोश्रो हाफमा जोटाको स्थानमा मैदान प्रवेश गरेका फर्मिनोले केही मिनेटमै गोल गरे ।

उनले मो सालाहको पासमा सहज गोल गरे । मानेको प्रहार विपक्षी डिफेन्डरले रोक्दा मो सालाहले पाएको बल अनमार्क रहेको फर्मिनोलाई पास दिएका थिए । फर्मिनोले लिभरपुलको ८००० औं प्रिमियर लिग गोल समेत पुरा गरे ।

यस्तै, खेलको ७४ औं मिनेटमा प्राप्त कर्नरबाट आएको बलमा सालाहले उत्कृष्ट गोल गरे । उनले प्रिमियर लिगको चार संस्करणमा शुरुवाती खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी समेत बने ।

उनले सिजनको शुरुवाती पहिलो खेलमा ७ गोल गरेका छन ।

यो जितसंगै लिभरपुल अंक तालिकामा तेश्रो स्थानमा रहेको छ ।