सालाहद्वारा पारिश्रमिक वृद्धिको माग

एजेन्सी, इङलिस क्लब लिभरपुलका इजिप्सियन स्टार खेलाडी मोहम्मद सालाहले पारिश्रमिक वृद्धिको माग गरेका छन्। रिपोर्टका अनुसार सालाहले क्लबसँग नयाँ सम्झौतामा अनुबन्ध हुन हप्ताको ५००,००० पाउन्ड पारिश्रमिकको माग राखेका छन्। 

२९ वर्षका इजिप्सियन खेलाडी सालाह २०२३ सम्म लिभरपुलमा अनुबन्ध छन्। रिपोर्टका अनुसार उनी पनि लिभरपुलमा नै खेलिरहन इच्छुक छन् भने लिभरपुल पनि उनको क्लबसँगको सम्झौता लम्ब्याउन चाहन्छन्।