सालाहको गोलमा लिभरपुललाई ११ अंकको अग्रता

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार भएको खेलमा लिभरपुलले वाट्फोर्डमाथी २-० को जित निकालेको छ ।

खेलमा लिभरपुलले ३८ औं मिनेटमा मोहमद सालाहको गोलबाट अग्रता लियो ।

दोस्रो हाफको अन्तिम मिनेटमा सालाहले फेरि अर्को गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनायो र खेल २-० ले जित्न सफल भयो ।

जितसंगै लिभरपुलले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाउन सफल भएको छ भने वाट्फोर्ड जम्मा ९ अंकका साथ लिगको सबैभन्दा पुछारमा रहेको छ ।