एजेन्सी, इङलिस क्लब लिभरपुलका फर्वार्ड मोहम्मद सालाह भित्र्याउनका निम्ति प्रस्ताव गर्ने तैयारीमा इटालियन क्लब युभेन्टस रहेको भनिएको छ। २९ वर्षका इजिप्सियन खेलाडी सालाह २०२३ सम्मका लागी लिभरपुलमा अनुबन्ध छन्।
युभेन्टसले हालै २२ वर्षका सर्बियन युवा स्ट्राइकर दुषान भ्लाहोविचलाई क्लबमा भित्र्याएका थिए। भ्लाहोविच अर्का इटालियन क्लब फ्योरेन्टिनाबाट करिब ७० मिलियन युरोमा युभेन्टसमा अनुबन्ध भएका थिए।