“सायद हामीले फुटबल खेल छोटो बनाउनु पर्छ”

हाल युरोपियन सुपर लिगको ’bout धेरै चर्चा हुँदै गरेको छ भने सो नयाँ लिगका अध्यक्ष फ्लोरेन्टिनो पेरेज जो रियल म्याड्रिडका पनि अध्यक्ष हुन् उनले सो ’bout स्पेनिस अखबार सँग बोलेका छन्।

फ्लोरेन्टिनो पेरेजले नयाँ सुपर लिग क्लबहरूलाई र फुटबललाई बचाउन आवश्यक रहेको दाबी गरे भने यूईएफए र फिफाको आलोचना पनि गरे। उनले हाल युवा पुस्ताहरूलाई फुटबल खेल धेरै लामो लागेको र खेल चाखलाग्दो नलाग्ने दाबी गरे।

“युवा पुस्ताहरूलाई फुटबल खेलहरू धेरै लामो लाग्ने गरेको छ यस्तो हुन सक्छ कि खेलहरू पर्याप्त रूपमा रोचक छैन… वा हुनसक्छ हामीले फुटबल खेलहरू छोटो बनाउनुपर्दछ।

फ्लोरेन्टिनो पेरेजले फिफा र यूईएफएको चेतावनी’bout पनि बोले र सुपर लिगका खेलाडीहरू र क्लबहरूलाई प्रतिबन्ध लगाउन असम्भव रहेको उनले बताए र सो सुपर लिगमा संलग्न रहेका क्लबहरूलाई च्याम्पियन्स लिग र युरोपा लिगको सेमी फाइनलबाट हटाउन नसक्ने ग्यारेन्टी रहेको उनले बताए।

“यो सुपर लिग धनीहरूका लागि मात्र होइन, यो फुटबललाई बचाउनुको लागि हो। यदि यो जारी रह्यो भने फुटबल हराउनेछ र २०२४ सम्म हामी पहिले नै मर्नेछौँ। सबैलाई बचाउने यो एक मात्र तरिका हो: ठुला, मध्यम र साना क्लबहरू”। पेरेजले दाबी गरे।