साबित्राले गरिन एकै खेलमा ९ गोल

प्रधान सेनापती महिला फुटबल प्रतियोगितामा सोमबार एपिएफकी सावित्रा भण्डारीको ९ गोलको मद्दतमा सिक्किमविरुद्ध १८-० को शान्दार जित निकालेको छ ।

लगनखेलस्थित नेपाली सेनाको मैदानमा भएको खेलमा सावित्रासँगै राष्ट्रिय टोलीकी पूर्व सदस्य अनु लामाले ४ गोल, अनिता बस्नेतले ३ गोल र रेनुका नगरकोटीले २ गोल गरेकी थिइन् । पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा ८ गोल थपेको थियो ।

प्रतियोगिता अन्तर्गत सोमबार नै सोही मैदानमा भएको खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्बललबे प्रदेश २ लाई ३–० ले हराएको छ । पुलिसका लागि निरु थापा, निशा विक र दीपा न्यौपानेले गोल गरे ।