साफ यू–१५ च्याम्पियनशिप नेपाल vs भारत प्रत्यक्ष प्रसारण (Live)

साफ यू–१५ च्याम्पियनशिपको उपाधिका लागि नेपालले शनिबार भारतसँग खेल्दै छ। समूह चरणको पहिलो खेलमा भारतसँग ५-० ले पराजित भएको नेपालको लागि हारको बदला लिँदै उपाधि उचाल्ने चाहन्छ ।

भारतको कल्याणीमा हुने खेल दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा भारी अन्तरले पराजित भएर पनि फाइनलमा पुगेको टिम हो । यस्तै भारत एउटा पनि खेल नहार्ने टिमका रुपमा रहेको छ । नेपालले समूह चरणको पहिलो खेलमा भारतसँग नै पराजित भएपछि त्यसपछिका लगातार तीन खेलमा जित निकालेको थियो ।

भारतसँग हारे पनि टिमले दोस्रो खेलमा श्रीलंकासँग २-० ले विजयी भएको थियो भने बंगलादेशलाई ४-१ ले पराजित गरेको थियो । त्यसपछि भुटानलाई ६-० ले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको थियो ।