ढाका । बंगलादेशमा जारी चाैथाे संस्करणकाे महिला साफ यू–१५ च्याम्पियनसिपकाे अन्तिम खेलमा नेपालले आज घरेलु टाेलीकाे सामना गर्दैछ । खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा स्थानीय समयअनुसार दिउँसाे साढे ४ बजे सुरु हुनेछ ।
दुवै टाेली उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपाललाई उपाधि जित्नका लागि आजकाे खेल बराबरी गरे पनि पर्याप्त हुनेछ भने बंगलादेशलाई भने जित्नै पर्ने दबाब छ । यसअघि नेपालले भुटानलाई ७-० र १-० तथा बंगलादेशलाई १-० ले पराजित गरेको थियो । भुटानलाई ८-० र ९-० ले पराजित गरेको बंगलादेशले नेपालसँग १-० को हार व्यहाेर्याे ।
जारी प्रतियाेगिताअघि यी दुई टिमले तीन खेलमा एकअर्काकाे समान गर्दा तीनै भेटमा नेपालले पराजय हार बेहाेरेकाे थियाे । सन् २०१७ को पहिलाे भेटमा नेपालले ६-० को फराकिलाे हार बेहाेरेकाे थियाे । सन् २०१८ मा पनि नेपाल ३–० ले पराजित हुन पुग्यो । सन् २०१९ मा नेपालले २–१ को हार बेहाेरेकाे थियो । आजको खेल जिते नेपालले इतिहास रच्नेछ । हालसम्म नेपालले उपाधि नजितेकाले आज उपाधि हात पारे इतिहास रच्ने भएको हो ।