साफ भलिबल: फाइनलमा भारतसंग अन्तिम सेटमा पराजित

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले रजत पदक जितेको छ ।

स्वर्णको लागि मंगलबार भएको फाइनलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित हुँदै ऐतिहासिक स्वर्णबाट बन्चित भएको हो । भारतलाई हराएको भए नेपालले भलिबलमा इतिहास रच्ने थियो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको रोमान्चक खेलमा पहिलो सेट भारतले २५-१७ ले जितेको थियो । तर, दोस्रो र तेस्रो सेट नेपालले २५-२३ र २५-२१ ले जित्दै स्वर्णको आशा जिवित बनाएको थियो ।

चौंथो सेट भारतले २५-२० ले जित्दै खेल २-२ सेटको बराबरीमा ल्याए ।

त्यसपछि खेलको अन्तिम सेट १५-६ ले गुमाउदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भयो ।