साफ फुटबल: पहिलो हाफमा माल्दिभ्सबिरुद्ध नेपालको बराबरी

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले पहिलो हाफमा माल्दिभ्सबिरुद्ध १-१ को बराबरी खेलेको छ ।

खेलको १८ औं मिनेटमा नेपालले गोल खान पुगेको हो । माल्दिभ्सका खेलाडीले क्रसमा ट्याप इन गोल गर्दै १-० को अग्रता बनाएको हो ।

४२ औ मिनेटमा अभिषेक रिजालले नेपालका लागि गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएको हो ।