साफ फुटबल: पहिलो हाफमा नेपाललाई अग्रता

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबल अन्तर्गत नेपालले श्रीलंका माथी पहिलो हाफमा १-० को अग्रता बनाउन सफल भएको छ ।

खेलमा कप्तान सुजल श्रेष्ठले पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएको हो ।

नेपालले पहिलो हाफमा राम्रो प्रदर्शन गरिरहेको छ ।

नेपालले हिजो भएको भुटान बिरुद्धको खेलमा ४-० को फराकिलो जित हात पारेको थियो ।