साफ: टस्स जितेर सेमिफाइनल पुगेको माल्दिभ्स संग नेपालको लज्जास्पद हार

साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा माल्दिभ्सविरुद्ध नेपाल ३-० ले पराजित भएको छ । इब्राइम वाहिद हसनले लगातार दुई गोल गर्दै माल्दिभ्सलाई फाइनलमा पुर्याएका हुन् ।
नेपाल यस साफ च्याम्पियनसिपमा लगातार चौथोपटक सेमिफाइनलमा पराजित भएको हो ।

खेलको ९ औ मिनेटमा अकरम अबदुलले गरेको फ्रिकिक गोलमार्फत माल्दिभ्सले अग्रता लिएको थियो । बंगलादेशविरुद्धको प्लेईङ सेटलाई मैदान उतारेपनि नेपालले प्राप्त अवसरलाई गोलमा परिणत गर्न सकेन ।